काठमाडौं । मनाङमा भूकम्पको धक्का अनुभव गरिएको छ।
शनिबार बिहान ३:४७ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्पमापन र अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्पको परिमाण ४.२ म्याग्निच्यूडको छ।
केन्द्रको जानकारी अनुसार, भूकम्पको केन्द्र थोचे क्षेत्रमा रहेको मापन गरिएको छ।




