सरकारले कुनै विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन, :शिक्षामन्त्री  भट्टराई

१३ भदौ, काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको स्पष्ट पारेकी छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्रीबाट कुलपतिका रूपमा निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको दाबी गरिन्।

मन्त्री भट्टराईले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लहर बढ्दै गएको र देशमा सबैखाले श्रमिकको सम्मान नहुनु पनि एक कारण भएको बताइन्। उनले शिक्षामा प्रणालीगत सुधारको अभाव र विद्यार्थीहरूलाई पढ्दै कमाउने अवसर दिन नसक्दा विदेशिने क्रम बढेको उल्लेख गरिन्।

उनले युवाहरूमा सजिलो रोजगारीको आकांक्षा बढिरहेको र त्यसका लागि आवश्यक अवसर सिर्जना गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै, यस्ता मुद्दाहरूलाई केवल राजनीतिक नारामा सीमित नराखी, राजनीतिक प्रणालीले नै समाधान गर्नुपर्ने बताइन्।

Trackbacks and Pingbacks

  1. Pingback: cenforce black 200
  2. Pingback: kamagra oral jelly
  3. Pingback: mirtazapine
  4. Pingback: vardenafil 20mg

Leave a Reply