नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस दुर्घटना, दुईको मृत्यु, २६ जना घाइते

१३ भदौ, दाङ। बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

मृतकहरूमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बस अनियन्त्रित भएर पल्टिँदा २६ जना घाइते भएका छन्।

बस पल्टिएपछि सोही सडकमा गुडिरहेको एउटा मोटरसाइकलमा ठोक्किएको थियो।

घाइतेहरूको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको छ।

Leave a Reply