काठमाडौँ( प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सरकारले गरेको विभिन्न १७ देशका राजदूत नियुक्तीका लागि गर्ने सरकारको सिफारिस प्रति आपत्ति जनाएका छन्। ।
बुधवार प्रतिनिधिसभा बैठकमा राजदूत पदलाई सरकारले दलहरूको भर्र्ती केन्द्रको रूपमा उपयोग गरिरहेको भन्दै कडा रुपमा असन्तुष्टि जनाए।

सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने आफ्ना दल निकठ व्यक्तिलाई राजदूत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रूपमा धमिल्याउने काम भै रहेको छ, तेसो नगर्न पनि सरकारलाई सचेत समेत गराएका छन् ।
सांसद श्रेष्ठले भने, ‘के राजदूत पद राजनीतिक दलहरूको भर्र्ती केन्द्र हो? भन्दै यो सरकारले राजदूत नियुक्तिसम्बन्धि निर्देशिकाको समेत पालना गरेको छैन। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ । देशको प्रतिनिधित्व गर्नुपर्ने राजदूत पदमा पदीय मर्यादा नै धान्न नसक्ने मान्छेको नियुक्तिले देशको छवि धमिल्याउन नदिन म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ु।’



